–ललित जोशी /लेकुडा ,डडेल्धुरा
म दास नभई बदमास भएर ,बदनाम छु बजारमा
बेहोसी मै उनको नाम जपेर ,बदनाम छु बजारमा ।।
फर्की आउ भन्दा आउदिनौ , तिमीले छाडेदेखि म बिग्रे
बाटोमा ढल्दा साहारा नपाएर , बदनाम छु बजारमा।।
म डगमगाउदा साथ निभाउने कोहि थिएन
आफ्नै भरमा खडा भएर , बदनाम छु बजारमा ।।
असाहयको आवाज बनि,अन्यायमा न्याय माग्दा
खोजिदेउ अपराधी भनेर , बदनाम छु बजारमा।।
राक्षसी दुनियाँमा मानबताको चिरहरण हुँदा
घाउमा मलम पट्टि लगाएर , बदनाम छु बजारमा।।