नेपालमा तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह

काठमाडौं ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले तत्काल लकडाउन खोल्न सरकारलाई आग्रह गरेको छ । यस्तै इलेक्ट्रिक सवारीसाधनमा लगाइएको कर र गाडी आयात सम्बन्धी व्यवस्था सच्याउन नाडाले माग गरेको छ ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जारी लकडाउन खोल्नुपर्ने माग गरेको छ । जनताको स्वास्थ रक्षाको लागि जारी गरेका सुरक्षाका मापदण्डको कडाइका साथ पालन गर्दे अब व्यवसायिक कारोबारलाई सञ्चालन गर्नुपर्ने नाडाको भनाई छ ।

सबै सर्वसाधारण निर्धक्क सडकमा हिंडिरहेको भन्दै व्यवसायलाई बन्द गरेर मात्र कोरोना भाइरस नियन्त्रण हुन नसक्ने नाडाको ठहर छ । सुरक्षाको उपाय अवलम्बन गर्दै लकडाउनको विकल्प खोज्नुपर्ने नाडाको सुझाव छ ।

नाडाले जेठ १५ गते ल्याइएको आगामी आर्थिक वर्ष २०७७÷७८ बजेटमार्फत इलेक्ट्रिक सवारीसाधनमाथि लगाइएको थप कर तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । बजेटबारे प्रतिक्रिया दिंदै नाडाले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन भनिएको छ । कर बढाएर व्यवसायको लगानी धरासायी नबनाउन नाडाले सरकारसँग आग्रह गरेको छ । यस्तै विद्युतीय सवारी साधनको प्रयोगलाई निरुत्साहित नपार्न पनि नाडाले आग्रह गरेको छ ।

नाडाले उत्पादक कम्पनीबाट डिलरसिप नियुक्त नभएका एजेन्टले पनि उत्पादक कम्पनीको जानकारी बिना विदेश स्थित स्थानिय बिक्रेता वा डिलरबाट जथाभावी डिलरसिप नियुक्ति पाउँदा सवारी साधनको मूल्यमा एकरुपता नहुने र न्यूनविजकीकरणको संभावना रहने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार