काठमाडाैं ।
हालसम्म नेपालमा पिसीआर विधिबाट ६६ हजार ७ सय २९ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले जानकारी दिनुभएकाे छ ।
प्रवक्ता देवकाेटाका अनुसार पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट २ हजार ५ सय ७५ र आरडिटी विधिबाट १ हजार ५ सय ७७ जनाको नमुना परीक्षण भएको छ । प्रदेश नम्बर १ मा ११ हजार ७ सय ४७, प्रदेश नम्बर २ मा ६ हजार ८ सय १८, बागमती प्रदेशमा २५ हजार २ सय ३१ र गण्डकी प्रदेशमा ८ हजार ४ सय ५८ जनाको आरडिटी परीक्षण भएको छ ।
यस्तै प्रदेश नम्बर ५ मा २० हजार १ सय ८५, कर्णाली प्रदेशमा १२ हजार ९ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ६ सय १७ जनाको आरडिटी परीक्षण भएको छ । सरकारले परीक्षणको दायरा पनि बढाएको जनाएको छ ।
अहिले देशभरीका २० भन्दा बढी प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । शनिबार मात्रै विभिन्न प्रदेशमा ७७ हजार ४ सय थान विभिन्न प्रदेशमा आरडिटी किट पठाइएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
यस्तै प्रदेशहरुमा ६ हजार थान भिटिएम पनि पठाइएको छ । अहिले देशभरी १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहेका छन् ।