भारतमा कोरोनाको कारण ५ हजार बढीको मृत्यु

काठमाडौं ।

छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोनाको कारण ५ हजार १ सय ८५ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ लाख ८१ हजार ७ सय ९६ पुगेको छ ।

त्यस्तै हालसम्म भारतमा ८६ हजार ८ सय ८० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ५ जनाको ज्यान गएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ६८ हजार ८ सय ३० पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका ६० लाख ९४ हजार ६ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २७ लाख १ हजार ३ सय ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ५३ हजार ५ सय ९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथयांकले देखाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार