लिस्बन।
गणतन्त्र पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसामाथि एक जना साइकल यात्रीले कराएका छन्।
राष्ट्रपति मर्सेलो बाटोमा मोबाइल चलाउदै जादै थिए। उनी मोबाइल चलाउदा चलाउदै साइकल लेनमा प्रबेश गरेको नै पत्तो नै पाएनन्। साइकल लेनमा पछाडिबाट साइकल चलाउदै आएका दुई जना साइकल यात्री झण्डै मार्सेलोसँग ठोक्किन पुगे। साइकल यात्रीहरुले उनीमाथि बेस्सरी कराए।
साइकल यात्रीहरुले गोप्रो क्यामेरामा भिडियो चालु गरेर साइकल चलाईरहेका थिए। उनीहरुले बाटोमा पर्ने सबै दृश्य कैद गरिरहेका थिए। जब उनीहरुले साइकल लेनमा अगाडी कुनै व्यक्ति मोबाइल चलाउदै हिडिरहेको देखे, उनीहरुले ” सावधान रहनुस् ” भनेर बेस्सरी चिच्याए।
साइकल यात्रुले उनलाई यो साइकल लेन भएको र यहाँ साइकल मात्र चलाउन मिल्ने हुँदा पैदल यात्रा गर्न नमिल्ने भनेर सम्झाए । लगत्तै ति व्यक्तिले आफु पोर्चुगलको रास्ट्रपति मार्सेलो भएको र आफूबाट भुलबस गल्ती हुन गयकोमा क्षमा माग्दै गल्ती स्वीकार गरे र आफ्नो गन्तव्यमा लागे।
त्यसपछि मात्रै ति साइकल यात्रीहरुले थाहा पाए कि मोबाइल चलाउदै उनीहरुको अगाडी साइकल लेनमा आएका र उनीहरुले कराएका व्यक्ति पोर्चुगलका राष्ट्रपति मार्सेलो पो रहेछन्।