लिस्बन।
गैह्र आवासिय नेपाली संघ पोर्चुगलको औपचारिक बैठकमा संघका अध्यक्ष तिलक गैरेले कार्यसमिति सदस्यहरुलाई जंगबहादुर शैलीमा धम्काएका छन्।
संघका अध्यक्ष गैरेले आफ्नै कार्यसमिति सदस्यहरु सुमन चम्लागाई र राजन ढुंगानालाई संघ’संग सम्बन्धित बिषयहरुमा सामाजिक संजालमा लेखिएका कमेन्टहरु मेटाउन अमर्यादित रुपमा ” तिमि ” भनेर सम्बोधन गर्दै धाकधम्की दिएका छन्।
संघका पदाधिकारीहरुले बारम्बार हरेक बैठकमा संघको कोषको रकम कहाँ र कति छ भनेर प्रश्न गर्दा अध्यक्ष गैरेले बिषय अन्तै मोड्ने गरेको पदाधिकारीहरुको गुनासो छ। उनीहरुको भनाइ छ , ” हामीले निकै अनुरोध गर्यौ र कुर्यौ पनि , अब हामी केन्द्रमा उजुरी गर्छौ। “
कोरोना संक्रमणको जोखिमका कारण संघको नियमित बैठक अनलाइन बसेको थियो। सामाजिक संजालमा आफ्नो अभिव्यक्ति राख्ने संघका पदाधिकारीहरुले आफ्ना अभिव्यक्तिहरु कुनै पनि हालतमा नमेटाउने र संघको नेतृत्व सच्चिनुपर्ने, समुदायप्रति जवाफदेही हुनुपर्ने र संगठनात्मक कामकारवाही र अनुशासनमा बस्नुपर्ने अडान राखेपछि मात्रै अध्यक्ष गैरे शान्त भएका थिए।
अध्यक्ष गैरेले संघभित्र शुरुवातीका दिनदेखि नै शक्ति प्रदर्शन गर्दै आईरहेको र संघका पदाधिकारीहरुको कुराहरुको कुनै सुनवाई नभएको गुनासो गर्दै आएका छन्।
संघका केन्द्रिय सह-कोषाध्यक्ष लोक दाहालले अप्रिल २९ तारिख एनआरएनए पोर्चुगललाई एक हजार प्रति मास्क सहयोग गरेका थिए। अध्यक्ष गैरेले केही मास्क मात्रै वितरण गरे र बाँकी सबै मास्क आफ्नै व्यवसायिक क्षेत्र खेतितिर बाढ्ने भनेर लुकाईदिए। कोरोना राहत तथा उद्धारमा खटिएका संघकै पदाधिकारीहरुले अध्यक्षसंग मास्क वितरणको लागि माग्दा मास्क सकियो भनेर फ़र्काइदिएका थिए। त्यतिबेला पोर्चुगलमा मात्रै नभएर युरोपभरी नै मास्क अभाव थियो।
करिब एक महिनापछि २६ मे रातको १० बजेर ३३ मिनेट जादा संघको आधिकारिक फेसबुक पेजबाट संघले मास्क बाढ्ने भनेर सूचना आयो। यसले समाजलाई तरंगित बनाइदियो, किनभने जतिबेला पोर्चुगलमा मास्क अभाव थियो, कोरोनाको जोखिम निकै थियो, लकडाउन थियो, त्यतिबेलासम्म संघ मौन बस्यो र सहयोग पाएको मास्क पनि सकियो भनेर लुकाईदियो । जब पोर्चुगलमा जनजीवन सामान्य भयो, मास्क आयात गर्ने पोर्चुगलले आफै दैनिक १० लाख प्रति सर्जिकल मास्क उत्पादन मात्रै शुरु गरेन , युरोपभरी निर्यात पनि शुरु गर्यो र सरकारले सित्तैमा मास्क वितरण शुरु गर्यो, तब मात्रै संघले मास्क वितरणको सूचना निकाल्यो।
संघको सम्प्रेषित सूचनाले धेरैलाई आक्रोशित मात्रै गरेन, कहिँ संघको सामुहिक कोषको दुरुपयोग पो हुन्छ कि भएर आशंका पैदा गरिदियो। संघका अध्यक्ष गैरे आफै कोरोना राहत तथा जनचेतना समितिका सदस्य सचिव थिए, तर न उनले समितिमा मास्क वितरण सम्बन्धी छलफल गरेका थिए, न नेतृत्वले संघ भित्र नै छलफल गरेको थियो। मनमा आक्रोश भएपछि सबैले संघको सुचनाको सामाजिक संजालमा प्रतिबाद गरे र केन्द्रबाट प्राप्त ५००० डलर सहयोगको दुरुपयोग हुनसक्ने र त्यसलाई रोक्नुपर्ने अभिव्यक्तिहरु दिए।
सामाजिक संजालमा आलोचित भएपछि र शून्य कार्यशैली भएका संघका अध्यक्ष गैरेले आफ्नो रिस गैह्र आवासिय नेपाली संघ पोर्चुगलको औपचारिक बैठकमा आफ्नै कार्यसमिति सदस्यहरुमाथि जंगबहादुर शैलीमा धम्क्याउदै पोखे। बैठकमा निकै चर्काचर्की भयो। भद्र र शालीन देखिने अध्यक्ष गैरे निर्वाचन देखि आफ्नो कार्यकालभर नै आन्तरिक र बाह्य शक्तिको आडमा कार्यसमिति र समुदायको आवाजहरुको परवाह नगरी पेल्दै जाने रणनीतिमा छन्। उनको कार्यशैली देखेर संघका पदाधिकारीहरु नै रुष्ट भएका छन्।
संघका पदाधिकारीहरुले बारम्बार हरेक बैठकमा संघको कोषको रकम कहाँ र कति छ भनेर प्रश्न गर्दा अध्यक्ष गैरेले बिषय अन्तै मोड्ने गरेको पदाधिकारीहरुको गुनासो छ। उनीहरुको भनाइ छ , ” हामीले निकै अनुरोध गर्यौ र कुर्यौ पनि , अब हामी केन्द्रमा उजुरी गर्छौ। “