खेलकुदलाई दुई अर्ब ३६ करोड बिनियोजन

काठमाडौं।

सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि दुई अर्ब ३६ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद क्षेत्रका लागि दुई अर्ब ३६ करोड बजेट विनियोजन गरेका हुन् ।

चालू आर्थिक वर्षका लागि भने तीन अर्ब ९९ करोड बजेट विनियोजन गरिएको थियो । सरकारले निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कभर्डहल र प्रादेशिक रंगशाला निर्माणमा समेत बजेट विनियोजन गरेको छ । अर्थमन्त्री खतिवडाले सबै स्थानीय तहमा खेल ग्रामको कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख गर्दै खेलकुद पूर्वाधारको कमी भएको कर्णाली प्रदेशमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुनसक्ने गरी खेलकुद पूर्वाधार विकास गर्न बजेट छुट्याएको जानकारी दिए ।

यस्तै पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न र विभिन्न स्थानमा कभर्डहल निर्माण गर्न बजेट व्यवस्था गरेको जानकारी गराउँदै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन, पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पनि रकम विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले संघीय संसदलाई जानकारी गराए ।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वषका लागि भने १४ खर्व ७४ अर्व ६४ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार