काठमाडौँ।
भारतिय नागरिकले नेपालमा काम गर्नका लागि श्रम स्वीकृती अनिवार्य रुपमा लिनुपर्ने छ । सरकारले बजेट भाषणमार्फत सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य गर्ने घोषणा गरेको हो ।
बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै विदेशी नागरिकलाई श्रम स्वीकृतिविना काम गर्न नदिने बताए ।
उक्त घोषणाबाट नेपालमा निर्वाद रुपमा काम गरिरहेका लाखौं भारतीय नागरिक प्रभावित हुनेछन्। भारतले नेपालबाट वार्षिक ४ खर्बभन्दा बढी रेमिट्यान्स लाने गरेको छ।