नेपालमा पाँचौ कोरोना संक्रमितको मृत्यु , शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिने

ललितपुर।

ललितपुरको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा बुधबार मुत्युभएसंगै नेपालमा कोरोना भाईरस संक्रमित भई मृत्‍यु हुने सन्ख्या ५ पुगेको जानकारी स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले दिनु भएको छ। मृत्‍यु हुने ब्यक्तीको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाको समन्वयमा गर्ने निर्णय भएको छ ।

ललितपुर महानगरपालिका–२२ बुङमतीका ५६ वर्षीय ती व्यक्तिको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा व्यवस्थापन गर्ने निर्णय भएको छ । मृतकसँग सम्पर्कमा आएका आफन्त, चिकित्सक, परिवार र टोल बस्तीमा कन्ट्याक्ट ट्रेसिंङ्, ट्रयाकिङ, र टेस्टिङ गर्ने पनि निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । उनका अनुसार यसका लागि स्थानीय तहसँग समन्वय गर्न स्वास्थ्य कार्यालय प्रमुखलाई जिम्मवारी दिएको छ ।

मृतकको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पनि क्वाराईन्टिनमा राखिने जानकारी रहेकोछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार