काठमाडौं ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच चलिरहेको सीमा विवादका विषयमा मुख खोल्दै भारतको आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् टिप्पणी गर्दै इमरान खानले, धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको बताएका हुन् ।
प्रधानमन्त्री खानले आफ्नो ट्वीटर एकाउन्टमा लेखेका छन्, ‘नेपाल र चीनसँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ ।’
The Hindutva Supremacist Modi Govt with its arrogant expansionist policies, akin to Nazi’s Lebensraum (Living Space), is becoming a threat to India’s neighbours. Bangladesh through Citizenship Act, border disputes with Nepal & China, & Pak threatened with false flag operation.
— Imran Khan (@ImranKhanPTI) May 27, 2020
अर्को ट्वीटमा खान लेख्छन्, ‘काश्मीरलाई अवैध रूपमा ओगटेर भारतले चौथो जेनेभा सम्मेलनअनुसार, युद्ध अपराध गरेको छ । मैले सधैं भन्दै आएको छु कि मोदी सरकार भारतीय अल्पसंख्यकका लागि मात्र नभएर क्षेत्रीय शान्तिका लागि नै खतरा बनेको छ ।’