पोर्चुगल : १५ युरोको लागि भएको थियो बेजामा आफ्नै साथीको छुरा हानी हत्या

लिस्बन।

पोर्चुगलको बेजामा एउटै घरमा बस्ने साथीको छुरा हानी हत्या मात्र १५ युरोको लागि भएको खुलासा भएको छ।

६३ बर्षीय फ्रान्सिस्को फेरोलाई घरमा दिउसो आराम गरिरहेको समयमा आफ्नै घरमा बस्ने एक साथीले छुरा प्रहार गरि हत्या गरेका थिए।

छुरा प्रहर गर्ने संदिग्ध व्यक्तिले आफ्नै घरमा बस्ने साथीको छुरा प्रहार गरी हत्या गरेपछि आफैले प्रहरीसामु आत्मसमर्पण गरेको थियो। घटना सोमबार बेलुकाको हो।

छुरा प्रहार गर्ने संदिग्ध व्यक्ति ५९ बर्षीय भएको र मृतकसंगै एउटै घरमा सेयरिङ्मा बस्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार