३० जना कोरोना संक्रमितहरुले लिस्बन मस्जिदमा बबण्डर मच्चाएपछि …

लिस्बन।

कोरोना संक्रमित ३० जनाको समुहले लिस्बन मस्जिदमा होहल्ला गर्नुका साथै बबण्डर मच्चाएका छन्।

कोरोना संक्रमितहरुको उक्त समुहले बारम्बार आएर होहल्ला गर्नुका साथै अनेक समस्याहरु सिर्जना गरेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको छ।

लिस्बन मस्जिदमा खाना बाढीरहेको समयमा आएका कोरोना संक्रमितहरुको उक्त समुहले अनुशासनहीन हुदै हुलदंगा गर्न शुरुगरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन शक्ति प्रयोग गर्नुपरेको हो।

प्रहरीका अनुसार उनीहरु सबै शरणार्थी रहेको र सबैमा कोरोना संक्रमण देखिएको छ। उनीहरुले यस घटना अगाडी पनि विभिन्न ठाउँहरुमा हुलदंगा र बबण्डर गरेको प्रहरीको रेकर्डमा छ। यसघि उनीहरुले ओटा एयर बेस, सन्ता मार्गरिता सैनिक बेस क्याम्प आदि ठाउमा पनि हुलदंगा गरेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार