पोर्चुगल : बेजामा एउटै घरमा बस्ने साथीलाई छुरा हानी हत्या

लिस्बन।

पोर्चुगलको बेजामा एउटै घरमा बस्ने साथीलाई छुरा प्रहार गरी हत्या गरिएको छ।

मृतक करिब ६० बर्षीय बृद्ध भएको बुझिएको छ। छुरा प्रहर गर्ने संदिग्ध व्यक्तिले आफ्नै घरमा बस्ने साथीको छुरा प्रहार गरी हत्या गरेपछि आफैले प्रहरीसामु आत्मसमर्पण गरेको थियो। घटना सोमबार बेलुकाको हो।

छुरा प्रहार गर्ने संदिग्ध व्यक्ति ५९ बर्षीय भएको र मृतकसंगै एउटै घरमा सेयरिङ्मा बस्ने गरेको प्रहरीले जनाएको छ। घटनाको प्रारम्भिक अनुसन्धानमा घटनापुर्व मादक पदार्थ सेवन गरेको बुझिएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिएको छ। मृतक र संदिग्ध व्यक्ति को हुन् र कुन देशका नागरिक हुन् भन्ने बारे प्रहरीले केही खुलाएको छैन। सिएममा खबर छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार