पोर्चुगलबाट गुञ्जियो ” गो ब्याक इण्डिया ” को नारा, नेपाली भूमि छोड्न मोदीलाई नेपालीहरुले पठाए चिट्ठी

लिस्बन ।

पोर्चुगलमा रहेका नेपालीहरुले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले गरेको अतिक्रमणको विरोध गरेका छन्। उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली अतिक्रमित भुमि छोड्न र भारतीय सेना नेपालीभुमिबाट फिर्ता लैजान एक ज्ञापन पत्र हुलाक मार्फत पठाउदै बिरोध गरेका छन्।

राजधानी लिस्बनको अलमेदा पार्कमा भेला भएका २५ वटा नेपाली संघ संस्थाका प्रतिनिधिहरुले नेपालको राष्ट्रिय झण्डा, प्ले कार्ड, नेपाल सरकारले हालै जारी नेपालको राजनैतिक र प्रशासनिक नयाँ नक्सा प्रदर्शन गर्दै हुलाक मार्फत विरोधपत्र पठाएका छन् ।

“हामी पूर्ण रूपमा सचेत छौं कि एक शताब्दी भन्दा बढी समयदेखि नेपाल भारत सीमामा केही विवादित क्षेत्रहरू छन्। पहिले दुई देशका परराष्ट्र मन्त्रालयहरू बिचको उच्चस्तरीय कूटनीतिक वार्तालापबाट ति सीमा विवाद सुल्झाउनुको सट्टा भारत सरकारले अब सडकको उद्घाटन गरेर अवस्थालाई बढाएको छ जुन ऐतिहासिक दस्तावेजहरूका अनुसार नेपाली क्षेत्रमा पर्छ।” ज्ञापन पत्रमा लेखिएको छ।

भारत सरकारले नेपाली भूमिबाट जाने लिपुलेक हुँदै कैलास मानसरोवरको लिंक सडकको निर्माण र उद्घाटनले पोर्चुगलमा रहेका नेपालीहरुमा गम्भीर चिन्ता र चासोको रुपमा लिदै बिरोध गरेका छन्।

ज्ञापन पत्रमा कालापानीमा रहेको सेना फिर्ता गर्न र दुई देशबीच भएका ऐतिहासिक सम्झौताहरु अनुसार नेपाली भूमि फिर्ता गर्न जोडदार माग राखिएको छ । लिपुलेक हुँदै कैलाश मानसरोवरको लिङ्क सडकको निर्माण र उद्घाटनको गतिविधिप्रति पोर्तुगलस्थित विभिन्न संघ संगठनहरुकोतर्फबाट गम्भीर चिन्ता र विरोध प्रकट गरिएको हो ।

बिरोध पत्रमा सहभागी सबै नेपाली संघसंस्थाका अध्यक्ष वा प्रतिनिधि एक-एक जनाको हस्ताक्षर भएतापनि प्रवासी नेपाली एकता समाजका अध्यक्ष र महासचिव दुई जनाले हस्ताक्षर गरेका छन्। पार्टी एकीकरण भएको बर्षौ भएतापनि देशको मुलधारको राजनीतिमा एउटै राजनीतिक पार्टीभित्र देखिएको जुँगाको लडाई बिदेशमा रहेका भात्री संगठनसम्म देखिएको छ।

ज्ञापन पत्रको पूर्ण विवरण पढ्नुहोस् :

LETTER OF MEMORANDUM

To Honorable Prime Minister Date: 25|05|2020

Mr. Narendra Modi

The Government of India

South Block, Raisina Hill New Delhi

110011, India

C/o

Mr./Mrs. Ambassador

Embassy of India

R. Pêro da Covilhã 16A, Lisboa

1400-297, Lisbon Portugal

Subject: Protest Against Indian Government’s Provocative Activities within the Sovereign Lands of Nepal

Excellency,

On behalf of the Nepalese people residing in Portugal, we would like to express our serious concern and protest against the construction and inauguration of a link road to Kailash Mansarovar via Lipulek which passes through Nepali territory by the Government of India.

This provocative action follows the unilateral publication of a revised territorial map by the Indian Government in November 2019, which wrongly portrays Nepali sovereign territories Kalapani, Lipulekh, and Limpiyadhura as parts of India. Historical documents pertinent to the borders between India and Nepal in this region (such as the Sugauli Treaty, 1816) are abundantly clear that all lands from the East of Mahakali river belong to Nepal.

We are fully aware that there have been some disputed regions at the Nepal-India borders for more than a century. Instead of first resolving those border issues through high-level diplomatic dialogues between the Foreign Ministries of two countries, the Indian Government has now escalated the situation by inaugurating a road that, according to the historical documents goes through Nepali territory.

The hegemonic activities of our closest neighbor within Nepali territory is not tolerable to Nepalese People. As Nepal has always pursued the policy of cordial friendship with India, such a unilateral Indian move will be considered as an expansionist act by the Nepalese people.

So, we strongly condemn the act of encroachment of Nepalese territory from your side, demand to take back of your security forces immediately from the area and respect the border as per the historical agreements between two countries.

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार