बारा ।
बारामा सोमबार एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा त्रास फैलिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणकाअनुसार महागढीमाई नगरपालिकाका २१ जना, कोतबाली गाउँपालिकाका एक र जिल्ला प्रहरीका दुई प्रहरीमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
महागढीमाई नगरपालिकाको ‘क्वारेन्टाइन’मा रहेका २१ जना व्यक्ति केही दिनअघि भारतबाट नेपाल आएका हुन् । उनीहरुलाई नेपाल प्रवेशसँगै क्वारेन्टाइनमा राखिएको थियो ।
उनीहरुलाई कलैया अस्पतालको ‘आइसोलेसन वार्ड’मा राख्ने तयारी भइरहेको बताइएको छ ।एकैदिन २४ जनामा कोरोना देखिएपछि स्थानीय त्रसित बनेका छन् भने बजार पातलिएको छ ।
यसैगरी, कोहल्बी नगरपालिकाले सीमामा रोकिएका ३४ जनालाई उद्धार गरेर सोमबार क्वारेन्टाइनमा राखेको छ ।