नेपालमा कोरोना संक्रमण : कुन प्रदेशमा कति ?

काठमाडौं ।

नेपालमा हालसम्म ६ सय ८२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार हालसम्म प्रदेश नम्बर १ को ७ जिल्लामा ८६ जना कोरोना संक्रमित भेटिएका छन् ।

प्रदेश नम्बर २ का ८ जिल्लामा २ सय ३५ र बागमती प्रदेशका ११ जिल्लामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै गण्डकी प्रदेशका ३ जिल्लामा ५ जना, प्रदेश नम्बर ५ का ७ जिल्लामा २ सय ९२ जना, कर्णाली प्रदेशका २ जिल्लामा ११ जना र सुदूरपश्चिमका ५ जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएका प्रवक्ता देवकोटाले जानकारी दिनुभएको छ ।

हालसम्म उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ सय १२ पुगेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार