पोर्चुगलमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १७ हजार ५४९ पुग्यो !

लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १७ हजार ५४९ पुगेको छ।

अहिले अस्पतालमा ५३६ संक्रमितहरुको उपचार भईरहेको छ जसमध्ये ७८ जना सघन कक्षमा छन्।

पोर्चुगलमा हालसम्म ३० हजार ६२३ जना संक्रमित छन् भने १ हजार ३१६ जनाले ज्यान गुमाईसकेका छन्। पछिल्लो २४ घन्टामा १४ जनाले ज्यान गुमाएका छन्।

२ हजार ११५ जनाको स्वास्थ्य परिक्षण पश्चात् नतिजाको पर्खाइमा छन्।

पोर्चुगलको उत्तरी भाग सबैभन्दा बढी प्रभावित छ। उत्तरी क्षेत्रमा १६ हजार ६७८ जना संक्रमित छन् भने ७३८ ले ज्यान गुमाएका छन्। त्यपछिको बढी प्रभावित क्षेत्र लिस्बन र तेजो हो, जहाँ ९ हजार ४२३ जना संक्रमित छन् भने ३१६ जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालायले जनाएको छ।

यदि तपाईहरुलाई कोरोना भाइरस सम्बन्धी कुनै पनि लक्षणहरु देखापरेमा, सिधै SNS24 को स्वास्थ्य हटलाइन नम्बर 808 24 24 24 मा सम्पर्क गर्नहुन पोर्चुगलको स्वास्थ्य महानिर्देशनालायले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार