लिस्बनमा पार्किङ गरिएका ६ कारमा आगजानी, १२ कार तोडफोड

लिस्बन।

लिस्बनमा रातको समयमा कारमा आगजानी र तोडफोडका घटनामा वृद्धि भएको छ।

बेलमको रूआ दा जंक्वीरामा मे महिनाको सुरुदेखि नै बर्बरताका लहरमा ६ वटा कारमा आगो लगाइएको छ भने १२ वटा कारमा तोडफोड गरिएको छ।

कन्डोरिया नासिएनल पार्कमा पार्किङ्मा राखिएका कम्तिमा १२ कारका सिसाहरु फुटाईएका छन् ।

पार्किङ्मा राखिएका कारहरुमा शुरुमा ३ मे मा तोडफोड गरिएको थियो। त्यसपछि घटना २० तारिख दोहोरियो र २१ मे’मा पनि आगजनी र तोडफोड गरिएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार