काठमाडौं।
नेपालमा कोरोना संक्रमितको संख्या बढेर ५१६ पुगेको छ। शुक्रवार मात्रै ५९ जना संक्रमित थपिएका छन्।
दिनमा ३ पटक अद्यावधिक गरिदा कोरोना संक्रमितको संख्या ५९ थपिएको हो। राती थपिएका ९ संक्रमितमध्ये ६ जना सिम्रौनगढ नगरपालिका बाराका पुरुष छन्। उनीहरुको स्वाब परिक्षण कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको थियो।
सप्तरीको वलान विहुल गाउँपालिकाका १ पुरुष पनि कोरोना संक्रमित देखिएका छन्। हेटौडा उपमहानगरपालिका एक महिला र भक्तपुरकी एक महिलामा पनि कोरोना संक्रमण देखिएको सह प्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
यसअघी विहान ३० जना र दिउँसो २० जना नयाँ कोरोना संक्रमित थपिएका थिए।