पाँच दिनदेखि अल्गार्भमा कोरोना भाइरसका नयाँ संक्रमित फेला परेनन्

. प्रबिन धिताल,लिस्बन।

बिगत पाँच दिनदेखि अल्गार्भमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या शुन्यमा झरेको छ। शनिवारयता अल्गार्भ क्षेत्रमा कोरोना भाइरसका नयाँ संक्रमितहरु फेला परेका छैनन्।

गत शनिवारसम्म अल्गार्भमा कोरोना संक्रमितहरुको संख्या ३५६ रहेको थियो। शनिवारसम्मको तथ्यांक हेर्दा सो क्षेत्रमा मृतकको संख्या १५ रहेको छ। त्यसयता कोरोनाका कारण कसैले ज्यान गुमाएका छैनन्। अल्गार्भका लागि यो शुभ संकेत हो।

पोर्चुगलमा कोरोनाको अवस्था :

पोर्चुगलमा कोरोना संक्रमितहरुमा ओरालो लागेको मृत्युदरको पारो फेरी उकालो चढेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको मृत्युदर बढेको छ र १४ जनाले ज्यान गुमाएका छन् जुन अघिल्लो दिनको तुलनामा १.१ प्रतिशतले बढी हो।

मृत्यु हुनेहरुमा ६५३ महिला र ६२४ पुरुष रहेका छन्। हालसम्म कोरोनाक कारण ज्यान गुमाउनेहरुको संख्या १ हजार २७७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५२ जना संक्रमित भएका छन् भने हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ९१२ पुगेको छ।

संक्रमितहरुमध्ये ६०८ जनाको अस्पतालमा उपचार भईरहेको छ, जसमध्ये ९२ जनाको सघन कक्षमा उपचार भईरहेको छ।

संक्रमितहरुमध्ये २१ हजार ५७५ जना घरमै आइसोलेशनमा छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार