लिस्बन।
युरोपमा आजदेखि मेन्थल सुर्तीमा प्रतिबन्ध लगाईएको छ।
मेन्थल भएका सुर्तीजन्य पदार्थ र चुरोटले स्वास्थ्यमा गर्नसक्ने हानिनोक्सानीका कारण बन्देज लगाईएको हो।
आजकै मितिबाट युरोपभर मेन्थल भएका सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरेमा कडा कारवाही गरिने भएको छ।
धूम्रपान गर्नेहरूले मुखमा ताजा स्वाद छोड्नको लागि मेन्थोल सुर्तीको सहारा लिने गर्दछन । टुलूसको अस्पतालका ह्रदयविद् डाक्टर मिशेल जीनका अनुसार मेन्थल सुर्तिजन्य स्वास्थ्यको लागि निकै खतरनाक हुन सक्छ।
सन् २०१४ को एक यूरोपीयन निर्देशकबाट आएको निर्देशनको आधारमा आजबाट लागु हुनेगरी मेन्थल भएका सुर्तीजन्य पदार्थ बिक्री निषेध गरिएको हो । चकलेट, भनिला र फलको गन्धसहितको चुरोट सुर्तीजन्य पसलबाट हराइसक्यो तर मेन्थल सिगरेटहरू अहिलेसम्म बिक्री भैसकेका थिए ।