काठमाडौँ।
नेपालमा थप २५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
बुधवार स्वास्थ्य ता जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार कोभिड-१९ पुष्टि हुने मानिसको सङ्ख्या ४२७ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कपिलवस्तुमा १३, बाँकेमा ६, धनकुटामा ५ र नवलपरासी पश्चिममा १ जनामा कोभिड-१९ पुष्टि भएको हो।
उनीहरू तीनदेखि ४८ वर्षका व्यक्ति भएको जानकारी उनले दिए।
अहिलेसम्म ४५ जना भाइरसमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
मङ्गलवार नेपालमा २७ जना र अघिल्लो दिन ८० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
अहिले सबै प्रदेशमा कोभिड-१९ भेटिएको छ।
प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्।