‘माल्टामा मानव तस्करीको जालोको पर्दाफास भएपछि बिचौलियाहरू डराउन थाले’

बसन्त रानाभाट , युरोप।

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ मूलघर भएका उज्वल केसीले माल्टाबारे समाचार आएपछि आजभोलि एजेन्टहरूले पीडितका समस्याहरू सुन्न थालेको बताएका छन् । ‘पहिले एजेन्टलाई फोन गर्दा सकेको गर भन्ने किसिमको कुरा गर्थे । तर, आजभोलि पीडितका कुरा भने सुनिदिन्छन्,’ केसीले थपे ।

माल्टामा दुई सयभन्दा बढी नेपालीहरूले बिचौलियाको काम गरेको उनको दाबी छ । ‘एनआरएनलाई अलि गलाउन सकिन्छ । लाजशरमले पनि आफूले ल्याएका मान्छेहरूको पीडा अलि बढी सुनिदिन्छन् । तर, एनआरएनएभन्दा बाहिर जति छन् नि यिनीहरू सबैभन्दा घातक हुन्,’ उनले भने ।

‘११ लाख ७५ हजार रुपैयाँ माल्टा आउँदासम्मको ऋण डेढ वर्ष भयो अझै ऋण तिर्न सकेको छैन,’ आफ्नो पीडा सुनाउँदै केसीले भने, ‘यहाँ सामान्यतया तोकिएको तलब थाप्नेभन्दा अझ बढी मैले नै कमाइ गर्छु । तर, पनि ऋण तिर्न गाह्रो छ । त्यसैले त माल्टामा नेपाली आउनेबित्तिकै बिचौलियाको काम थाल्छन् ।’

माल्टालाई समेत हेर्दै आएको लन्डनस्थित नेपाली दूतावास जिम्मेवार नबनेको उनको आरोप छ । ‘चोकमा उभिएर २० जना नेपालीलाई सोध्नु, यहाँको पीडा बुझ्नुहुन्छ । राजदूत माल्टा आउँदा चर्को स्वरले बोल्ने पनि म नै थिए,’ केसीले थपे ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार