Photo of the Day: पोर्चुगलका राष्ट्रपति मार्सेलो टिसर्ट, हाफ पाइन्ट, ट्रेनर जुत्ता र मास्कमा स्थानीय सुपरमार्केटमा लाइनमा बसेपछि …

लिस्बन।

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसा टिसर्ट, हाफ पाइन्ट, ट्रेनर जुत्ता र मास्कमा स्थानीय सुपरमार्केटमा किनमेलपछि बिल भुक्तानीका लागि लाइनमा पालो पर्खदै गरेको तस्विर आज भाइरल भएको छ।

राष्ट्रपतिको उक्त फोटो हास्य कलाकार एड्वार्डो माडेइराले लिएका हुन्।

राष्ट्रपतिले साधारण पोशाक टिसर्ट, हाफ पाइन्ट, ट्रेनर जुत्ता र मास्कमा कास्काइसको एक सुपरमार्केटमा किनमेल गरेका थिए।

****** *********** **********

राष्ट्रपति मार्सेलो आजै एरिसरा क्षेत्रमा एउटा स्थानीय पसलमा पाउरोटी र अन्य खानेकुरा किन्दै भेटिएका थिए ।

हिजो शनिबार प्रधानमन्त्री एन्तोनियो कोस्ता पनि आफै सपिङ्मा गएर पत्रकारहरुसंग कुरा गर्दै अब नागरिकहरुलाई सावधानी अपनाउदै घर बाहिर निस्कन र किनमेल गर्दै जनजीवन सहजतातर्फा लग्न आग्रह गरेका थिए।

प्रधानमन्त्री कोस्ताले गरेजस्तै गणतन्त्रका राष्ट्रपति मर्सेलो पनिएक उदाहरण दिन र नागरिकहरुलाई प्रेरित गर्न चाहन्थे चाहन्थे। उनि पन्जा र मास्क लगाएर आज आइतवार एरिसेरा क्षेत्रमा केही पसलहरुमा किनमेल गर्न गए र आफुलाई चाहिने आवश्यक वस्तुहरू किने ।

राष्ट्रपतिले आफै फलफुल, सुख्खा कडमाछा, ताजा माछा र माफ्रा पाउरोटी किने। उनले स्थानीय रेस्टुरेन्टमा खाजा र बेलुका खाना खाने प्रतिज्ञा पनि गरे।

अर्थव्यवस्थाको रिकभरी र जनजीवन सामान्य बनाउन सावधानीका साथ घरबाहिर निस्कन र राज्यले परिभाषित गरेका नियमहरुको पालना गर्दै नियमित र दैनिक जीवनमा फर्कन आग्रह गरेको समाचार स्थानीय टेलिभिजन टिभीआई २४ ले उल्लेख गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार