लिस्बन।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसा निकै साधारण र उदाहरणीय छन्। राष्ट्रपति मार्सेलो आज एरिसरा क्षेत्रमा एउटा स्थानीय पसलमा पाउरोटी र अन्य खानेकुरा किन्दै भेटिएका छन् ।
हिजो शनिबार प्रधानमन्त्री एन्तोनियो कोस्ता पनि आफै सपिङ्मा गएर पत्रकारहरुसंग कुरा गर्दै अब नागरिकहरुलाई सावधानी अपनाउदै घर बाहिर निस्कन र किनमेल गर्दै जनजीवन सहजतातर्फा लग्न आग्रह गरेका थिए।
यो पनि पढ्नुहोस् ! पोर्चुगलका प्रधानमन्त्री कोस्ताको नागरिकलाई आग्रह : “सावधानीका साथ अब सडक र दैनिक जीवनमा फर्कनुस् “
प्रधानमन्त्री कोस्ताले गरेजस्तै गणतन्त्रका राष्ट्रपति मर्सेलो पनिएक उदाहरण दिन र नागरिकहरुलाई प्रेरित गर्न चाहन्थे चाहन्थे। उनि पन्जा र मास्क लगाएर आज आइतवार एरिसेरा क्षेत्रमा केही पसलहरुमा किनमेल गर्न गए र आफुलाई चाहिने आवश्यक वस्तुहरू किने ।
राष्ट्रपतिले आफै फलफुल, सुख्खा कडमाछा, ताजा माछा र माफ्रा पाउरोटी किने। उनले स्थानीय रेस्टुरेन्टमा खाजा र बेलुका खाना खाने प्रतिज्ञा पनि गरे।
अर्थव्यवस्थाको रिकभरी र जनजीवन सामान्य बनाउन सावधानीका साथ घरबाहिर निस्कन र राज्यले परिभाषित गरेका नियमहरुको पालना गर्दै नियमित र दैनिक जीवनमा फर्कन आग्रह गरेको समाचार स्थानीय टेलिभिजन टिभीआई २४ ले उल्लेख गरेको छ।