पोर्चुगलमा पहिलोपटक एकैदिनमा ८१४ जना कोरोना संक्रमित निको भए !

लिस्बन ।

पोर्चुगलमा पहिलोपटक एकैदिनमा ८१४ जना कोरोना संक्रमित निको भएका छन्। कोरोना संक्रमणपछि उपचार पश्चात ४ हजार ६३६ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा १५ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाक कारण ज्यान गुमाउनेहरुको संख्या १ हजार २१८ पुगेको छ।

सोहि समयमा २२६ जना नयाँ संक्रमित फेला परेका छन्। हालसम्म कोरोनाबाट २९ हजार ३६ जना संक्रमित भएका छन्।

पोर्चुगलमा मार्च १ तारिखयता ६ लाख ३० हजारमा कोरोना परिक्षण गरिएको स्वास्थ्य महानिर्देशनालयले आज नियमित पत्रकार सम्मेलन मार्फत् जानकारी दिईएको हो।

पोर्चुगल भोलिदेखि विपत्तिको दोश्रो चरणमा प्रवेश गर्दैछ र सरकारले नागरिकहरुले पालना गर्नुपर्ने नयाँ नियमहरु लागु गरेको छ।

पोर्चुगलमा मार्च १९ मा लागु गरिएको संकटकालको अन्त्य मे २ मा गरिएको थियो। संकटकालको अन्त्यसंगै सरकारले जनजीवन सामान्य बनाउन नयाँ नयाँ नियमहरु अवलम्बन गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार