लिस्बन।
पोर्चुगलका प्रधानमन्त्री कोस्ताले नागरिकहरुलाई सावधानीका साथ सडक र दैनिक जीवनमा फर्कन आग्रह गरेका छन्।
प्रधानमन्त्री कोस्ताले नागरिकहरुलाई अब घर बाहिर सडकमा सावधानीका साथ निस्केर पसल पसल, रेष्टुरेन्ट र क्याफे आदिमा भेटघाट र भ्रमण गर्न आग्रह गरेका छन्। उनले लकडाउन र संकटकालमा झैँ स्वास्थ्य सम्बन्धी सावधानी भने अपनाउन समेत आग्रह गरेका छन्।
“जुन संकल्पको साथ हामीले आफैंलाई बन्द गर्यौं, अब हामी त्यसरी नै सडक र दैनिक जीवनमा फर्कदै जानुपर्नेछ। आफ्नो जीवनको सामान्य अवस्थालाई नयाँ ढंगले सावधानीका साथ फेरि थाल्नुपर्दछ जसले गर्दा हामी असफल हुन सक्दैनौं”, प्रधानमन्त्री कोस्ताले भने ।
एन्टोनियो कोस्टाले रोसियोको छेउमा रहेको चिआडो सपिङ् सेन्टरको निरक्षणको अन्त्यमा पत्रकारहरुसंग कुराकानी गर्दै नागरिकलाई सडकमा सावधानीका साथ निस्कन आग्रह गरेका हुन्। उक्त कार्यक्रममा लिस्बनका मेयर फर्नांडो मेदिना र संसदीय मामिलाका राज्य सचिव डुआर्ते कोर्डेइरो पनि उपस्थित थिए। । #फाइल फोटो