अमेरिकामा कोरोना महामारी उस्तै, ८८ हजार ९ सय नाघे मृतक

काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण ३ लाख १० हजार ६ सय १६ जना मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४६ लाख १ हजार ६ सय ६२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमित मध्ये ४४ हजार ८ सय ३१ ज्नाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने १७ लाख ९० हजार ५ सय ६ जान मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।

संयुक्त राज्य अमेरिकामा कोरोनाको असर बढी देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ८८ हजार ९ सय ३० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ९ हजार ४ सय ९ जना संक्रमित थपिएसँगै १४ लाख ९३ हजार ६ सय ९४ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ४ सय २३ जनाको ज्यान गएको छ ।

त्यस्तै हालसम्म ३ लाख २९ हजार ८ सय २३ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै यो समाचार तयार पार्दासम्म १६ हजार ६० जना मानिसको अवस्था गम्भीर रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार