पोर्चुगलमा १० बर्षको उमेरदेखि मास्कको प्रयोग अनिवार्य

लिस्बन।

पोर्चुगलमा १० बर्षको उमेरदेखि मास्कको प्रयोग अनिवार्य गरिएको छ।

पोर्चुगल सरकारले कोरोना नियन्त्रणमा भएका उपलब्धि र चुनौतीहरुको समिक्षा गर्दै हरेक १५-१५ दिनमा नयाँ नियम लागु गर्दछ।

१८ मे सोमबारबाट कोरोना नियन्त्रण सम्बन्धी नियमहरु परिवर्तन हुदैछन्। स्कूल र सार्वजनिक यातायातमा १० बर्ष उमेरदेखिका सबै बालबालिकाद्वारा मास्क वा भाइजरको प्रयोग अनिवार्य गरिएको छ।

मन्त्रिपरिषद्को आज शुक्रवार बसेको बेठिकले सो निर्णय गरेको हो।

पोर्चुगलमा कोरोनाको पछिल्लो अपडेट :

पछिल्लो २४ घण्टामा पोर्चुगलमा कोरोना भाइरसका कारण ६ जनाको मात्रै मृत्यु भएको छ । जुन अहिलेसम्मकै न्यून हो ।अघिल्लो दिन ९ जनाले ज्यान गुमाएका थिए ।

राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयका अनुसार पोर्चुगलमा अहिलेसम्म मुल एक हजार १९० जना संक्रमितको मृत्यु भइसकेको छ ।

यता, पोर्चुगलमा नयाँ रोगीको संख्यामा पनि शुक्रबार २६४ जनाले बृद्धि भएको छ । अहिलेसम्म पोर्चुगलमा कुल २८ हजार ५८३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कोरोनालाई जितेर घर फर्किनेको संख्यामा पनि बृद्धि भएको छ । यस्तो संख्या अहिलेसम्म ३ हजार ३२८ पुगेको महानिर्देशनालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार