‘राजनीतिक स्थायित्वले मात्र जनताको सम्मान हुन्छ’ :राष्ट्रपति भण्डारी

काठमाडौं ।

आर्थिक वर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सघीय संसद्को संयुक्त बैठकमा शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको हो

राष्ट्रपति भण्डारीले विश्वमा यतिखेर कोरोना भाइरस सताइरहेको उल्लेख गर्दै नेपालमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको बताउनुभएको छ । राष्ट्रपतिले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा जुटिरहेका सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

‘यस महामारी रोकथाम तथा नियन्त्रणमा जुटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्वयम सेवक र संचारकर्मीसहित सबैलाई धन्यवाद दिन चाहन्छु’ उहाँले संसदमा सम्बोधन गर्दै भन्नुभयो ।

राष्ट्रपतिले राजनीतिक स्थायित्वले मात्र मुलुक समृद्ध हुने र जनताको चाहना पूरा हुने उल्लेख गर्नुभयो । ‘राजनीतिक स्थायित्वले मात्र जनताको सम्मान हुन्छ’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार