गृहले आदेश दिएपछि पूर्वराजा शाहलाई झापाबाट काठमाडौं आउन दिईयो सवारी पास

– राजु अधिकारी, विराटनगर।

गृहमन्त्रालयले पास उपलब्ध गराएपछि पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं हिँडेका छन्।

शाहका प्रेस सल्लाहकार फणी पाठकले पूर्वराजा शाह झापाबाट काठमाडौंको लागि प्रस्थान गरेको बताए। ‘पास बनेपछि पूर्वराजा शाह विहान झापाबाट काठमाडौँलागि प्रस्थान गरेका छन्।

बिहीबार सवारी पास रद्ध भएपछि काठमाडौं आउने तयारीमा रहेका उनी उतै अड्केका थिए।

लकडाउन अगाडिबाट शाह झापाको दमकमा उनकै स्वामित्वमा रहेको चिया बगान हिमालगुडरिकमा बस्दै आएका थिए। बिहीबार उकका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय झापाबाट काठमाडौं जाने पास बनाए पनि गृहको निर्णयपछि रद्ध भएको थियो।

सवारी पास बनाएर पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं हिडिसकेको प्रदेश १ का डीआईजी ईश्वरवावुकार्कीले बताए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार