लिस्बन।
पोर्चुगल र स्पेन बिचको सिमाना जुन १५ सम्मका लागि बन्द गरिएको छ।
पोर्चुगल सरकारको मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो।
पोर्चुगल स्पेनको सिमाना नौ नाकाहरुमा अत्यावश्यक स्वास्थ्य सामग्री र दैनिक उपभोग्य वस्तुहरुको पारवहन र सिमाना वारपार काम गर्नेहरुका लागि पुर्व अनुमति लिएर खुला नै गरिएको छ।
कोरोना संक्रमणको थप सावधानीका लागि सिमाना बन्द गर्नुपरेको हो।
कोरोना महामारीका कारण पोर्चुगल सरकारले स्पेनसंगको सिमाना १६ मार्चदेखि नै बन्द गरेको हो।