काठमाडौं |
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका २९ नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
नेपालको कालापानी लिपुलेकलगायत क्षेत्र अतिक्रमण गरी भारतले सडक बनाएपछि माओवादी नेता कार्यकर्ताले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए।
भारतले नेपाली भूमि कालापानी लिपुलेक हुँदै मनसरोवर जाने सडक उद्घाटन गरेपछि काठमाडौंलगायत देशैभर विरोध भई रहेको छ। विरोध प्रदर्शन गर्नेक्रममा माओवादीका पोलिटब्यूरो सदस्य सिताराम तामाङ, पवनमान श्रेष्ठ, नगेन्द्र श्रेष्ठ, सुरेश श्रेष्ठ र विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलसहित २९ जना पक्राउ परेका हुन्।
सबै नेता कार्यकर्तालाई महेन्द्र पुलिस क्लव भृकुटिमण्डप राखिएको छ।