काठमाडौं|
यतिबेला सामाजिक संजालमा नेपाली दिबस पोखरेल अर्थर गनलाई भारतीय मिडियाले आफ्नो देशमा जन्मेको भनेर समाचार प्रसारण गरेको भनेर कतै आ’लोचना गरिएको छ भने निकै ट्रोल बनाइएको छ । “ब्रेकिंग न्युज: भारतका सान आर्थर गान पहुचे अमेरिकन आइडलमे” भन्ने भाव झल्किएको एउटा स्क्रिनसर्ट जस्तो देखिने तस्विर भाइरल भइरहेको छ ।’
भारतीय संचारमाध्याम आजतकको लोगो राखिएको उक्त तस्विरमा लेखिएको छ ‘ARTHUR GUNN SAYS, I AM FROM CATHNANDU, INDIA” सामाजिक संजालमा मानिसहरुले यसरि सेयर गरिरहेका छन् कि मानौ यो भारतीय मिडिया आजतकले नै भनेको हो ।
तर वास्तविकता भने फरक छ । यो कुनै मिडियाले प्रसारण गरिरहेको समाचारबाट स्क्रिनसर्ट गरेर राखिएको तस्विर नभएर एउटा वेबसाइटको सहायताले बनाइएको तस्विर हो । जुन वेबसाइटको यूआरएल त्यति तस्विरमा छ ।
breakyourownnews.com वेबसाइटबाट सजिलै त्यस्तो तस्विर बनाउन सकिन्छ । उक्त वेबसाइटमा प्रस्टसंग लेखिएकै छ “यो केवल रमाइलोको लागि बनाइएको हो । तपाइले गै’रकानुनी र कसैको मा’नहानी हुने चिजहरु नबनाउनु होला । रमाइलो गर्नुहोस” हेर्नुस त यो
प्राय जसो भाइरल बिषयबस्तुलाई रमाइलोका रुपमा ट्रोल बनाउन यो वेबसाइटबाट तस्विर बनाइने गरिएको छ । तर कहिलेकाहीँ समय अवस्था अनुसार त्यसले नराम्रो प्रभाव पार्न पनि सक्छ । यस्ता कुराहरु सामाजिक संजालमा देख्नेबित्तिकै पत्याईहाल्नु भने हुँदैन ।