समाज सेवामा सरस्वती तिमल्सिना खनाल

काभ्रे जिल्लाको काशीखण्ड नगरपालिकामा जन्मिएकि सरस्वती तिमल्सिना खनाल हाल बेथानचोक गाउँपालिका वडा न २ मा स्थायी रुपमा बसोबास छ । विद्यार्थी जीवन देखि नै सामाजिक सेवामा सक्रिय खनाल मिलनसार र सहयोगी भावना । उनी विद्यार्थी जीवन पछि प्रगति किरण इङलिस सेकेन्डरी तथा माउन्ट ग्रावेट बोर्डिङ स्कुलमा शिक्षण पेशामा आवद्ध रहदै बाँकि आफ्नो अध्ययन गरेकि थिईन ।

मानवीय सेवामा जस्ता कार्यमा सधै अग्रसर खनाल पछिल्ला ४ वर्ष देखि रोजगारीको शिलशिलामा साइप्रसमा क्रियाशिल छिन । आफ्नो वैदेशिक रोजगारी संगै नेपाल र नेपालीहरुको मानवीय सेवामा सधै सक्रिय छिन । नेपालमा मात्र होइन साइप्रसमा रहेका नेपालीहरुको सहयोगमा समेत उत्तिकै सक्रिय उनी विदेशी भुमिका अप्ठारोमा परेकाहरुको लागि सहायता गदै आएकि छिन । आफ्नो अत्यन्तै ब्यस्त समयको बावजुद पनि साइप्रसमा रहेका नेपालीहरुका आवश्यक सहयोगका लागि सधै सक्रिय छिन ।

काम नपाएर अलपत्र परेका विद्यार्थी तथा कामदार भिसामा आउनेहरुलाई कामको खोजी गर्ने, काम नपाउदा सम्मका लागि अस्थायी वसोवासका लागि आवश्यक सहयोग गरि उद्धार गर्नुका साथै तिनीहरुमा आउने कानुनी जटिलताका लागि समेत सहयोग गर्ने, यसका अतिरिक्त नयाँ भिसामा साइप्रस आएका कामदारलाई भाषाको कारणले रोजगारदाता र कामदार बीच हुने फरक बुझाइका कारणले अप्ठ्यारोमा परेका दुबैपक्षलाई भाषागत सहजिकरण गर्ने काम पनि खनालको हुन्छ ।यसका साथै कानुनी तथा प्रशासनिक काममा खनालले सहयोग गर्छिन ।

विदेशी भुमिको कठोर संघर्षको ब्यस्ताका विच पनि समाज सेवा गर्नु आफैमा निकै कठिन र चुनौतिपुर्ण विषय हो । त्यसमा पनि महिला भएका कारण आउने थप समस्या त छदै छन यस्ता कैयौँ जटिलताका विचमा पनि आफ्नो सानै देखिको समाजसेवामा भएको रुचीले सधै उत्साहि भएर काममा लाग्न उनलाई उत्प्रेरित गरिरहेको छ ।

धेरैजसो अध्ययनका लागि विदेशमा गएका नेपाली विद्यार्थीहरु अध्ययन बाहेक अतिरिक्त समयमा काम गरेर आफ्नो अध्ययनसंगै बाँकि रहेको पैसा घरमा पठाउनु नै हो । यसो त साईप्रसमा पनि यस्ता विद्यार्थीहरु धेरै छन । आफ्नो कठोर संघर्षमा विद्यार्थी जीवन पुरा गदै गरेका अधिकाशंहरुका लागि विश्व ब्यापी फैलिएको कोरोनाको संकट पछिको जीवनशैली निकै कठिन र दैनिक गुजराका लागि समेत चुनौतिपुर्ण वनेको छ । यि नै चुनौति र समस्या भोगिरहेकाहरुका लागि सहारा वनेकि छन नेपाली चेली सरस्वति खनाल ।

विश्व ब्यापि फैलिएको कोरोना भाइरसले संसारका सबै जसो देशमा यसको प्रभाव संगै लगडाउन भएका छन । लगडाउन संगै वन्द भएका होटेल, रेस्टुरेन्ट, सुपरमाकेट, डान्स बार,नाइट क्लब, टुरिजम ट्राभल्स, औद्योगिक क्षेत्र, कलकारखाना लगाएतका सबै ब्यावसायीक निकायहरुमा कार्यरत कामदारहरु निकै मर्कामा परे । यसको सबै भन्दा वढि प्रभाव साइप्रसमा रहेका नेपाली विद्यार्थीहरुमा छ । काम गर्ने सबैजसो क्षेत्र वन्द भएर काम नपाएपछि खाने वस्ने लगायतको दैनिक गुजरा चलाउन समस्या भएपछि समाजसेवी खनालले आफ्नो ब्यक्तिगत तवरबाट १५ अप्रिल २०२० को पहिलो चरणमा ६ जना र ९ मे २०२० को दोस्रो चरणमा १० जना विद्यार्थीहरुलाई दैनिक उपभोग्य बस्तु खाद्यान्नहरु चामल, दाल, तेल, चाउमिन, प्याज, आलु, मसला, बोडी, चना, मासु, सिमि, चिनी, ब्रेड, कफि, नेस्कफे, साबुन, स्याम्पु लगायतका सामाग्रीहरु वितरण गरि मानवीय सेवा गरेकि छन ।

नेपाली जनसम्पर्क समिति साइप्रसको महामन्त्री समेत रहेकी खनालले बिगत ४ वर्ष देखि ब्यक्तिगत र संस्थागत रुपमा समस्यामा परेका विद्यार्थीहरुलाई यस्तो सहयोग गर्दै आएकी छिन । हालको यो महामारीको परिस्थितिमा उच्च प्राथमिकताका साथ खाद्यान्न वितरण गरेकि हुन । उनले जनसम्पर्क समितिले संचालन गरेको विभिन्न राहत तथा सहयोग कार्यक्रममा पनि सहभागी भएर संस्थागत रुपमा समेत सहयोग गदै आएकि छिन ।यसका साथै एनआरएनए साइप्रसको समन्वयमा साइप्रसको अन्य विभिन्न सामाजिक संघ संस्थाहरुले संयुक्त रूपमा संचालन गरेको राहत संकलन तथा वितरणमा पनि सहभागी भइ सहयोग गरेकि छन ।

जनसम्पर्क समिति कि महामन्त्री खनालले साइप्रसको स्थानीय कानुनमा भएको ब्यबस्था अनुसार नेपालीहरुले गर्नुपर्ने कानुनी पालना तथा आफुले पाउनसक्ने सेवा र सुबिधाहरुको बारेमा समेत समय समयमा विभिन्न जानकारी मुलक कार्य गदै आएकि छन ।उनको समाजसेवाका साथै राजनीतिमा समेत उत्तिकै चासो र सक्रियता रहेको छ । मानवीय सेवाका लागि राजनिति पनि उत्तिकै महत्वपुर्ण रहेको उनी वताउछिन ।

महामन्त्री खनालले समाज सेवाकै क्रममा साइप्रसमा रहेका दर्जनौं विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहि नेपाल तथा नेपालीहरुको हक, हित र अधिकारका साथै नेपालको विकासका लागि साथ, सल्लाह, सुझावका साथै आवश्यक आर्थिक सहयोग समेत गर्दै आएकि छिन ।

सबै प्रति माया, प्रेम र सद्भावका साथ मिलनसार स्वभावकी महामन्त्री खनाल समाज सेवाकै क्रममा नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय काभ्रेको भवन निर्माणका लागि गत फेवरेवरीमा ब्यक्तिगत रुपमा ५० हजार १ सय आर्थिक सहयोग पनि गरेकि थिईन । समाजसेवी खनालका बुबा लामो समय गाविस अध्यक्षका रुपमा जिल्लामै उत्कृष्ट सामाजिक कार्य गरि धेरैका लागि प्रेरणाको स्रोत बनेका थिए । यसका अतिरिक्त विभिन्न सामाजिक सेवा गदै आउनु भएकोले बुवाकै प्रेरणामा महामन्त्रि खनाल सामाजिक कार्यमा लागेको वताउछिन ।

सरस्वती खनाल तिमल्सिना आफ्नो पारिवारिक पृष्ठभुमि पनि राजनीति र समाजसेवामै सकृय भएकै कारण आफुलाई राजनीति र समाजसेवा गर्न अत्यन्तै सहज र सजिलो भएको बताउ छिन ।जहाँ भएपनि सक्दो सामजिक सेवा गर्ने महामन्त्रि खनाल धेरै नेपाली चेलीहरुका लागि प्रेरणकी स्रोत वनेकि छन । ब्यक्तिगत संघर्षका विच विदेशी भुमीमा रहेर नेपाल र नेपालीका लागि उनेले गरेका सबैजसो प्रयास अनुकरणीय छन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार