जनता समाजवादी पार्टीका आङकाजी पक्राउ ( भिडियो सहित )

काठमाडौं ।

जनता समाजवादी पार्टीका आङकाजी शेर्पासहित नौं जना नेताहरु पक्राउ परेका छन् । भारतले नेपालको लिपुलेकमा सीमा अतिक्रमण गर्दै बाटो बनाएको विरोधमा गरिएको प्रदर्शनमा उनीहरु पक्राउ परेका हुन् ।

काठमाडौंको असनमा निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गर्दै पक्राउ गरिएको जसपाका नेता आङकाजी शेर्पाले बताए ।

पक्राउ पर्दा आङकाजी शेर्पाले प्रहरीलाई आफु मिडिया भएको र सामाचार संकलन गर्न आएको बताएको भिडियोमा देखिन्छ।

उनले भनेका छन् , ” म मिडिया हो के भाई , समाचार संकलन गर्न आएको, ह्या के गरेको, मैले नारा लगाएको छु र ? ”

जनता समाजवादी फोरमका काठमाडौं अध्यक्ष श्यामकृष्ण प्रजापति, अनिल थापा, रहरबहादुर खड्का, ज्ञानुरत्न महर्जन, परिवर्तन भट्टराई, सुरज महर्जन, चन्द्रकुमार मर्जन, मनिषकुमार श्रेष्ठ र आङकाजी शेर्पा पक्राउ परेका हुन् ।

पक्राउ परेका नेता, कार्यकर्ताहरुलाई महानगरीय प्रहरी कार्यालय जनसेवामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार