लिस्बन।
पछिल्लो समयमा लिस्बन र तेजोमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ।
पछिल्लो २४ घण्टामा फेला परेका नयाँ संक्रमितहरुमध्ये ७६ प्रतिशत बिरामी लिस्बन र तेजोमा मात्रै छन्।
पोर्चुगलमा पछिल्लो २४ घण्टामा २३४ जना नयाँ संक्रमितहरु फेला परेका छन्। त्यसमध्ये १७८ जना संक्रमित लिस्बन र तेजोमा मात्रै छन् जुन कुल नयाँ संक्रमितको ७६ प्रतिशत हो।
पछिल्लो २४ घन्टाका संक्रमितहरुमध्ये उत्तरी भागमा ४५ जना ( १९ प्रतिशत ) , मध्यभागमा ८ जना ( ३ प्रतिशत ) , अल्गार्भमा २ जना ( १ प्रतिशत ) , अलेन्तेजोमा एक जना ( ०. ४ प्रतिशत ) रहेका छन्। पछिल्लो २४ घन्टामा आसोरेस र मदेइरामा कोरोना संक्रमिको कुनै बिरामी फेला परेनन्।
पोर्चुगलमा हालसम्म २७ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा १९ जनाले ज्यान गुमाएका छन् भने हालसम्म मृत्यु हुनेको संख्या एक हजार १६३ पुगेको छ।