लिस्बन।
पोर्चुगलबाट स्पेन प्रवेश गर्नखोज्ने एक हजार जनालाई पोर्चुगिज सुरक्षा अधिकारीहरुले सिमाबाटै फिर्ता गरेका छन्।
कोरोना महामारीका कारण पोर्चुगल र स्पेनको सिमा १७ मार्चमा लक गरिएयता अल्गार्भबाट मात्रै स्पेन जानाखोज्ने १००० जनालाई पोर्चुगल नै फिर्ता गरिएको सिमा सुरक्षा प्रहरीले जानकारी दिएको छ।
पोर्चुगलको सीमाबाट स्पेन छिर्नखोज्ने उनीहरु स्पेनिस जनागरिक नभएका कारण दुबै देशको सिमाबन्द भएको समयमा उनीहरुलाई सिमाना पार गर्न रोक लगाईएको हो।
सिमा सुरक्षा प्रहरीका अनुसारआफ्नो देशमा जान खोज्ने ९०० जनाले प्रत्येक दिन सिमा पार गरेतापनि गैर युरोपियन नागरिकहरुलाई सिमा पार गर्नबाट बन्चित गरिएको हो।
पोर्चुगल र स्पेनको सिमा बन्द भएयता २३ हजार ३३९ जनाले पोर्चुगल प्रवेश गरे, २८९ जनालाई प्रवेशमा रोक लगाईयो भने जबरजस्ती गर्नखोज्ने एक जना हिरासतमा छन्।
पोर्चुगल र स्पेनको सिमा अझै खुलेको छैन र मे १४ सम्मका लागि बन्द गरिएको छ।