प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद गगन थापाले जब बाल कविता सुनाए

प्रतिनिधिसभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद गगन थापाले बाल कविता सुनाएका छन् ।

बजेटको प्राथमिकता र सिद्धान्तमाथि छलफल शुरु हुनु अगाडिको शून्य समयमा सांसद थापाले प्रधानमन्त्रीलाई व्यंग गर्दै बाल कविता सुनाएका हुन् । सभामुखबाट समय लिएर सांसद थापाले बाल कविता ‘म त भाग्यमानी’ बाचन गरेका थिए ।

गगन थापाले संसदमा बाचन गरेको बालकविता

‘म त भाग्यमानी’

छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको
यस्तो सवल सरकार छ, सीमा कसले मिच्ने ?
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्ने

सयौं कोश हिड्दा पनि श्रमिक छैनन् आहात
गरीबलाई सम्मान छ सरकारबाट राहत
विदेशमा कोही पनि अलपत्र छैनन्
दुख पीडा सुनाउने ती नेपाली नै होइनन्
जनताको ब्यथालाई ध्यान दिएर सुन्ने
गरीब, किसान, ब्यापारीको साह्रै मर्म बुझ्ने

भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन् ओम्नी र यति
सवैतिर वाह वाही यस्तोे विकास देख्दा
पत्रकार नि दंग छन् यी समाचार लेख्दा

कोमल हृदयका प्रधानमन्त्री
आँशु कवि हाम्रा
दिन नबिराई सिर्जना छ–
आहा ! कति राम्रा

राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत–कविता भत्याउँदै कालापानी जाउँला
सारा नेपाली हाँसेको छ, मेची–काली गाउँछ
आँशु आए बरु, त्यही गीतले आउँछ
यस्तो नायक गजबका, ल्याऔं जानी–जानी
अहो !
हामी नेपाली त साह्रै भाग्यमानी
हामी साह्रै भाग्यमानी
म त भाग्यमानी ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार