– अभिषेक अधिकारी, काठमाडौँ।
हाम्रो देश नेपाल एक सार्बभौमसत्ता र कसैको गुलामी बन्न परेको थिएन। बिकास तथा निर्माण लगायतका सम्पुर्ण कुराहरु राजादेखी प्रजातन्त्र सम्म सबै गर्यौ।
राजतन्त्रलाई पनि नेपालको परिबेशमा २०६२/६३ सालको आन्दोलन पछि गणतन्त्र आयो। नेपालका वीर पुस्ता देखिको आजसम्मको इतिहास हेर्ने हो भने कयौ भाव कयौ युद्द जितेर हामिले आफ्नो देशलाई पराधिन हुन दिएनौ र त आज यति स्वतन्त्र छौ।
वीर पुस्ताले छातिमा अङ्ग्रेजको गुलाम बन्न नदिनका लागि त्यो बेला एउटा खुकुरीको भरमा एक घुटको पानी समेत नपिएर बनाएको हाम्रो देश आज आएर कित भारत कित चीन संग मिलेर बेच्नको लागि एउटा लाज पनि लागेन नेता ज्युहरुलाइ।
सत्तामा रहेर जनताका पैसाले धानेको मेरो देश यस्ता अहिलेका १९ बर्ष सम्म पुग्दा १८ जना प्रधानमन्त्री फेरिए गफले नै देश बिकास हुन्छ भने आउनुस प्रधानमन्त्री लगायतका नेता ज्युहरु हजुर हामी राम्राराम्रा डाडाको भिरेमा गएर पनि गफ गरेर देश बिकास गरौ।
अरुको देशमा नियालेर एकचोटि हेर्नुस केही नगरे पनि सेनाहरु परिचालन गरिएको छ तर जाबो भारतको इसारामा चलेर देशनै सबै बेच्न चाहानु हुन्थ्यो भने किन जनताको कर लगायतका आँखा छ्लेर दूतावास छिर्ने अनि मजाले गोप्य कुरा सबै सुम्पिदिने!!
कालापानी लिपुलेख र लिम्पियाधुरा बेचिदा कस्को मन दुख्दैन होला। भारतले सिमा मिच्दै छ तर कालापानी फिर्ता आउँछ भनेर हामी पनि भ्रममा पर्नु भनेको हिलोमा खुट्टा गाडिनु हो। कहिले गलत प्रचार गर्दै लुम्बिनी पनि भारतमा र सगरमाथा चीनमा पर्छ भन्ने सुन्दा कस्तो होला।
कालापानी लिम्पियिधुरा सन २००८ देखि नै बाटो बनाउन सुरु गरिएको रहेछ। कुनै मिचिएको होइन यो सबै बेचिएकै हो। १५ मे सन् २०१५ मा भारत र चीनबीच संयुक्त विज्ञप्ति जारी भएको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीनको औपचारिक भ्र’मणका क्रममा जारी संयुक्त विज्ञप्तिमा दुई पक्षले लिपुलेक हुँदै भारत र चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्ने व्यापार मार्ग खोल्ने उल्लेख थियो ।
भारतले लिपुलेक हुँदै मार्ग बनाइरह्यो । यसबारे जानकार भएपनि सरकारले कुटनीतिक माध्यमले यो विषय गम्भीरताका साथ उठाएन । देशभित्र जन दबाब बाहेक नेताहरुले हिम्मतका साथ सार्थक तरिकाले कुरा उठाएनन् ।
भारतीय रक्षा मन्त्रालयले विज्ञ’प्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ।
कोभिड-१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो । पाँच वर्षको अन्तरालमा ८० किलोमिटर सडक बनायो कसलाइ रिसउठ्दैन।
सिमा मिचिदा ए अब त हाम्रो माटो जोगाउनुपर्छ भन्ने नैतिकता पनि नराखी केबल कुर्सिको चिन्ताले यो देश त गुन्डाहरुले नै चलाएको बराबर छ। नेपाली सेनालाइ जुत्ता बोक्न होइन प्रधानमन्त्री ज्यु अब सिमामा परि’चालन कहिले गर्ने?? कति बिदेशी हस्तक्षेपमा बस्ने हामी??
जन्मदिने आमा र आफू जन्मिएको मेरो देशको माटो हातमा पार्न तत्पर रहनुहुने मान्यज्युहरु सम्झनुस जनताले मात्र होइन हजुरहरुले पनि लात खान पर्ने अबस्थाको सिर्जना हुन्छ।
अब संजालको आन्दोलन होइन सबै जनता फेरि जसरी हामीले २०६२\ ६३ मा आन्दोलन गरेका थियौ त्यसैगरी नै अब जनताका करबाट सत्ता कुम्ल्याउने यी सब प्रति पक्ष र सत्तापक्ष दुबैलाइ हामी अब त्यो साम्सद भवनबाट सबैलाइ निकालेर जनताको आवाज र साङलोले बाधेर राख्ने छौ।
यो देश कसैको बाउको बिर्ता होइन मनलागेको बेलामा छ्ली गरि सिमा अतिक्रमण गर्दै अन्त्यमा देश नै कसको हातमा पुग्छ थाहा छैन। खुकुरी र पानीको भरमा बचाएका पुस्ता राजालाइ हामिले कदापी बिर्सन सक्दैनौ।
कृषिप्रधान देश भनेर पहिला कति सा’मान खाध्यन्न लगायतका वस्तु निर्यात हुन्थ्यो जनता सुखी थिए जब हाम्रा पुस्ताले बनाएका कलकारखाना बन्द गरियो अहिले को परिस्थितीमा हामिले आयातमा निर्भर हुन पर्यो।
अंग्रेज़ले समेत खुट्टा समातेर हार मानेर वीर पुस्ताका अगाडि झुकेका थिए अब त्यसैगरी हामी सबै एकजुट हुन जरुरी छ कालापानी हाम्रो हो हेक्का होस त्यो दार्चुला माथिको चुच्चो नक्सा सार्वजनिक गरेर देखाउ केवल सत्तामा बसेर गफ चु’ट्न मात्र बसेका होइनौ। सघौलि सन्धी पछाडी जसरी नेपालले २५% भुभाग गुमायो हामी प्रवासी कतै हुने त होइनौ।
सबै एकजुट हौ जति प्रधानमन्त्रीको बेला हस्ताक्षर भयो त्यसलाइ मेटाउ र कालापानी लिपुलेख जहा युद्द गरेर एकएक गरि देश बचाउनमा थिए छोडिदिनुस रास्ट्र्पति, प्रधानमन्त्री ज्यु अब हामी नै जोगाउने छौ हाम्रो कालापानी कुनै नुनको सोझो बन्नु छैन, नक्सा गुमाउनु छैन,झन्डा गुमाउनु छैन एकजुट हुने छौ। पदबाट सक्नुहुन्छ भने राजिनामा दिनुस। त्यो देख्दा लाग्छ नत हामि भारतीय हौ न त चिनियाँ यो सब कस्तो जटिल परिस्थिति आयो।