बेलायतमा “पार्क वाक” मा गएकी नेपाली वृद्धा बेपत्ता, खोजीमा सघाउन अपील

लण्डन ।

बेलायतको साउथ ईष्ट लण्डनको प्लमस्टिडमा बस्दै आएकी एक नेपाली वृद्धा आइतबार दिउँसोदेखि बेपत्ता भएकी छन् ।

साउथ ईष्ट लण्डनको प्लमस्टिड कमन पार्कमा हिड्न भन्दै आइतबार घरबाट निस्किएकी ६६ वर्षीया धनमाया थापा सोमबार बिहानसम्म घर नफर्केपछि र आफन्त र साथीभाईहरुलाई पनि सम्पर्क गर्दा केहि अत्तोपत्तो नलागेपछि उनका श्रीमान एवम् जिगेसाका उपाध्यक्ष रेवतबहादुर थापाले खोजीका लागि स्थानीय प्रहरीलाई खबर गरेका छन् ।

१५/२० मिनेटमै फर्किन्छु भनेर हिड्न गएकी धनमाया एक डेढ घण्टासम्म पनि घर नफर्किएपछि श्रीमानले टेलिफोनबाट सम्पर्क गर्ने प्रयास गरे । जतिपटक फोन गर्दा पनि घन्टी जाने तर फोन नउठ्ने भएपछि उनीहरु चिन्तित भए।

रातो रंगको यूके स्वीटर, पहेलो लुंगी र चप्पल लगाएर पार्कमा घुम्न गएकी धनमायालाई खोज्न परिवारका सदस्य र आफन्तहरु मिलेर आइतबार नै उनी हिड्न गएको पार्क आसपासमा घण्टौंसम्म खोजी गरेका थिए , तर कुनै अत्तोपत्तो लागेन।

धनमायाको खोजीमा सहयोग गरिदिन परिवारले समुदायलाई आग्रह गरेको छ । उनलाई कतै देखेमा परिवारको निम्नानुसारको नम्बरमा वा प्रहरीलाई खबर गरिदिन आग्रह गरेको नेपालीलिंक ले जनाएको छ

सम्पर्क नम्बरहरु :
श्रीमान रेवतबहादुर थापा – 07848804449
छोरा विक्रम थापा – 07435230402
जिगेसा महासचिव हरिकमार मल्ल -07400560114

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार