संसदीय समितिमा मन्त्री र सांसदहरुबीच भनाभन (भिडियोसहित)

काठमाडौँ |

पूर्ण संसद होस् या मिनी संसद अर्थात् संसदीय समितिहरुमा सरकारले गरेका गलत कामलाई औंल्याएर ठीक बाटोमा हिँडाउने जिम्मेवारी सांसदहरुको हो । तर, सिमा अतिक्रमण्का संन्दर्भमा छलफल गर्न बोलाइएको संसदीय समितिमा ठुलै स्वरमा मन्त्री र सांसदहरुबीच भनाभन भएको छ ।

मिनी संसदको रुपमा लिइने अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा आज मन्त्री र सांसदहरुबीच भनाभन भएको छ । जहाँ सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सत्तारुढ नेकपाकै नेताहरु र उपप्रधानमन्त्री समेत बनिसकेका भीम रावल बीचको ठुलै स्वरमा भनाभन भयो ।

भारतीय पक्षबाट नेपालको भूभाग दार्चुलामा निर्माण भएको सडकको विषयमा छलफल गर्न समितिले आइतबार बिहान साढे ८ बजे बैठक बोलाएको थियो । ११ बजे प्रतिनिधि सभाको बैठकमा पुगिसक्नु पर्ने भएकाले १० बजेसम्म बैठक सक्नु पर्ने समितिकी सभापति पवित्रा निरौला खरेलले जनाएकी थिइन् । उनले सांसदहरुलाई छोटोमा आफ्ना भनाईहरु राख्न पनि बताएकी थिइन् । बैंठकको सुरुमै सभापतिले समय दिएपछि मन्त्री ज्ञवालीले अहिलेसम्म भएका गतिविधिको बारेमा जानकारी गराए ।

त्यसपछि सांसदहरुले बोल्न क्रम सुरु भयो । कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र जनता समाजवादी पार्टीकी सांसद सरिता गिरिले आफ्नो भनाईहरु तीन मिनेटभन्दा बढीमा राखे । उनीहरु बोलिरहँदा सभापति निरौलाले सांसदहरुलाई छोटोमा आफ्ना कुरा राख्न आग्रह गरिन् । सार्वभौमिकता जस्तो गम्भीर विषयलाई छोटो समयमा छलफल गर्न नसकिने भन्दै कड्कीए ।

सभापतिको जवाफ सुनेपछि बैठकमा समय कम भएको कारण बोल्नसमेत समय नपाएका रावलले परराष्ट्रमन्त्री ज्ञवालकिा लागि यो भन्दा ठुलो विषय के हुन्छ ? समय नमिलाउनका लागि ? भन्दै आक्रोश व्यक्त गरे । सोही समयको सदुपयोग गर्दै रावलले मन्त्री ज्ञवालीलाई प्रश्न गरे, परराष्ट्रले जारी गरेको विज्ञप्तिमा कुनै व्यक्तिको हस्ताक्षर किन छैन ?

भनाभन सकिएपछि मन्त्री ज्ञवालीले भ्याएसम्म सोमबार बिहान बैठकमा आफू सहभागि हुने मात्रै बताए ।

कुनै पनि मुलुकका लागि सार्वभौमिकता र राष्ट्रिय सवैभन्दा गम्भीर विषय बन्दछ । तर विदेशीको नांगो आक्रमण हुँदासमेत सरकारको भूमिका चित्तबुझ्दो नभएकोमा चौतर्फी आलोचना भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार