काठमाडौं।
केही समयअगाडि नेकपाभित्र विवाद चर्किइरहेको बेला कृष्णबहादुर महराले पूर्वसभामुख तथा सांसदको हैसियतमा पार्टी एकतावद्ध बनाउन वक्तव्य जारी गरे ।
फौजदारी अभियोगबाट सफाई पाएपछि नियमित जीवनमा फर्किएको सन्देश दिने वक्तव्य थियो त्यो । अब संसद पनि सुरु भयो, संसदमा महरालाई देख्न पाइएला ? मास्क लगाउनुपर्ने परिस्थिति छ । सबैले याद नगर्न सक्छन् बाहिरबाट हेर्दा तर, महरा संसदको बैठकमा सहभागी भएका छन् ।
उनी पूर्वसभामुख बस्ने अलग्गै दीर्घामा पूर्वसभामुख सुवास नेम्वाङ, ओनसरी घर्तीसँगै बसेर संसद बैठकमा सहभागी भइरहेका हुन् ।
संसद बैठकमा सहभागी भए पनि अहिले नै उनी कुनै विषयमा नबोल्ने पक्षमा देखिएका छन् ।