काठमाडौँ |
कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचार गराईरहेका थप २ जना कोरोना संक्रमित निको भएका छन् ।
उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको अस्पतालका चिकित्सक दीपक सिग्देलले बताए। निको भएका दुई जना झापा र भोजपुरका हुन् । योसँगै ११० जना कोरोना संक्रमित पुगेको नेपालमा निको हुनेको संख्या ३० पुगेको छ । निको भएका ३ जनामा भने पुनस् संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
भोजपुरका २७ वर्षीय युवक वैशाख १० र झापा ६३ वर्षीय वृद्ध वैशाख १२ मा अस्पताल भर्ना गरिएका थिए । उनीहरुका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज डा. सिग्देलले बताउनु भयो ।
योसँगै कोशी अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। यसअघि बुधबार ६ र शुक्रबार ८ जना निको भएर डिस्चार्ज भएका थिए । प्रदेश १ मा ३५ जना जम्मा संक्रमितमध्ये बाँकी १९ जना उपचाररत छन् ।