चिनियाँ मिडियाले सगरमाथा बारेकाे ट्वीट सच्यायो, तर माफी मागेन !

काठमाडौँ।

सगरमाथाबारे चिनियाँ मिडियाले ट्वीट सच्याएको छ । चिनियाँ सरकारी सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले यसअगाडि गरेको ट्वीट सच्याएको छ ।

सीजीटीएनले सगरमाथा चीनमा पर्ने ट्वीट गरेको थियो । यसबारे नेपालमा विरोध भएको थियो ।

लगत्तै, सीजीटीएनले यसअगाडि गरेको ट्वीट सच्याएको छ । सगरमाथा नेपाल र चीनको सिमानामा पर्ने ट्वीट गर्दै सच्याएको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार