नयाँ दिल्ली ।
भारतको दिल्लीमा कैलालीको धनगढी उपमहानगरपालिकाका एक जना युवकको खाना नपाएर मृत्यु भएको छ ।
तीन दिनदेखि भोक भोकै भएका कारण उनको मृत्यु भएको दिल्लीमा रहेका एक नेपाली अगुवाले बताए । उनको नाम रवी हो ।
उनको पुरा नाम र ठेगाना भने खुल्न सकेको छैन ।
दिल्लीको आजादपुरमा ट्रान्सपोर्ट सेन्टरमा राति भोकभोकै सुतेका रवि आज बिहान मृत अवस्थामा फेला परेका हुन् ।
उनको मृत्युको जानकारी दिल्लीस्थित नेपाली राजदूतावासलाई गरिएको नेपाली अगुवाले बताए ।
दिल्लीमा उनका आफन्त कोही छैनन । उनका दाजु भाउजु धनगढीमा बस्छन् ।