काठमाडौँ ।
भारतले नेपाली भुमि मिचेको बिरोध गर्दा प्रहरीले सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्व सहायक रथी प्रेमसिंह बस्न्यातलाई महाराजगन्जबाट पक्राउ गरेको छ ।
नेपाली भूमि लिपुलेक हुँदै भारतले एकतर्फी सडक खनेपछि त्यसको विरोध गर्दै सडकमा उत्रिएका श्रेष्ठ र बस्नेतलाई शनिबार दिउँसो महाराजगन्जबाट प्रहरीले पक्राउ गरेको हो । दुवै पूर्वसुरक्षा अधिकारीहरुलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासत कक्षमा राखिएको छ ।
महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेलले लकडाउन उल्लंघन गरेको आरोपमा दुवै जनालाई नियन्त्रणमा लिएको बताए ।
यसअघि लिपुलेकमा सडक खनेको विरोधमै प्रदर्शनमा उत्रिएका ३६ जनालाई प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।