प्रतिनिधी सभामा राजेन्द्र महतोको गुनासो, ” दुई तिहाईको सरकारले दुई कौडीको काम पनि गरेन “

काठमाडौं ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाईको सरकारले दुई कौडीको काम समेत नगरेको आरोप लगाउनु भएको छ ।

प्रतिनिधिसभाको आजदेखि आरम्भ भएको बजेट अधिवेशनलाई सम्बोधन गर्दै नेता महतोले सरकारले के गर्यो भनेर सोध्ने बेला आएको बताउनुभयो ।

उहाँले अर्काको पार्टी फुटाउने खेलमा लागेको वर्तमान सरकारबाट जनताले अपेक्षा गर्ने विषय केही नरहेको भन्दै मुलुकमा विकासको नाममा के भयो त्यो छर्लङ्ग देखिएको बताउनुभयो ।

सरकारप्रति आक्रोश पोख्दै सांसद महतोले कोरोना भाइरसको परीक्षण नबढाएकोले देशमा संक्रमणको चिन्ता थपिएको बताउनुभयो ।

गर्नु पर्ने काम नगरेर सरकार नगर्नु पर्ने काममा अलमिलएको आरोप लगाउँदै उहाँले संविधान विरोधी कार्यमा नलाग्न पनि सरकारलाई चेतावनी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार