सर्लाही |
नगरपालिका ५ स्थित राजघाटको सोल्टीमा बिहीबार आयोजित रक्तदान शिविरमा ९० जना पुरुष र १० जना महिलाले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटी उपशाखाले जनाएको छ।
रक्तदान शिविरमा नगरप्रमुख भरतकुमार थापाले समेत रक्तदान गरेका थिए। सूर्योदय बचत तथा ऋण सहकारी संस्था एवं मैनाली पुस्तक तथा गिफ्ट पसल सोल्टी बजारको सहयोगमा रक्तदान शिविर आयोजना गरिएको हो।
शिविरमा संकलन भएको रगत ब्लड बैंक जनकपुर पठाइएको आयोजकले जनाएको छ। कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै रगत अभाव हुन नदिन रक्तदान शिविर राखिएको रेडक्रस राजघाट उपशाखाका सभापति ऋखिश्वर शर्माले जानकारी दिए।