भारतीयद्वारा चेकपोष्टमा आक्रमण भएपछि प्रहरीले गर्यो हवाइ फायर

बारा ।

सुवर्ण गाउँपालिका–३ कबहीगोठमास्थित नेपाल–भारत सीमामा भारतीय नागरिकले शसस्त्र प्रहरीमाथि आक्रमण गरेका छन् ।

करिब १०० जनाको हुलमा आएका भारतीयले सशस्त्र प्रहरीको चेकपोष्टमा बिहीबार दिउँसो ढुंगामुढा गरी तोडफोड गरेका हुन् ।

भारतीय नागरिकको हुलले चेकपोष्टमा आक्रमण गरेपछि एक राउण्ड हवाई फायर गरेको बारा सशस्त्र प्रहरीले जानकारी दिएको छ ।खेतीपाती गर्ने भनि पहिले दुईजना नेपाल प्रवेश गर्न खोजेका थिए । उनीहरुलाई सीमामा खटिएका प्रहरी जवानले रोकेपछि फर्किएर गइ एक सय भन्दाबढीको हुलमा भारतीय नागरिक आई चेकपोष्ट तोडफोड गरेको बताइएको छ ।

भारतीयले आक्रमण गर्न थालेपछि सशस्त्र प्रहरीले घटनालाई साम्य बनाउन हवाइ फायर गरेका हुन् । हवाइ फायरपछि भारतीयहरु भागेको प्रहरीले जानकरी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार